माघ २६, काठमाडौँ : अभिनेत्री करिष्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छिन्।
रवि लामिछानेसँग अमेरिका रहँदा लिभिङ
टुगेदरमा बसेको दाबी गरेर चरित्र हत्या गरेको भन्दै उनले खनाल विरुद्ध साईबर ब्युरोमा उजुरी दिएकी हुन ।
डिल्लीराम खनालनेले युट्युबमा चर्का कुरा गर्दै चर्चामा आउने गरेको र उनले हालसालै अभिनेत्री करिष्मा मानन्धरको नाम राष्ट्रिय
स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जोडेर अमेरिकामा रहँदा उनिहरु लिभिङ टुगेदरमा बसेको दाबी गरेका थिए।
अभिनेत्री मानन्धरले सो दाबी
झुटो भएको र आफ्नो चरित्र हत्या भएको दाबी गर्दै उजुरी दिएकी हुन्। उजुरीबारे
जानकारी दिँदै मानन्धरले सामाजिक सञ्जलमा लेखिन्' यो अति भयो, भइहाल्यो भने, कलाकारलाई
यस्तै भन्छन् भनेर सहे पनि तर हिजो साइबर ब्युरोमा निवेदन हालेकी छु। हेरौँ, नेपालको कानुन कत्तिको बलियो छ।'