Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सरकारी वकिलको कार्यालयमा रवि लामिछानेविरुद्ध उजुरी ।

सरकारी वकिलको कार्यालयमा रवि लामिछानेविरुद्ध उजुरी ।

  •   ४ वर्ष अघि | २५ माघ २०७९, बुधबार

माघ २५, काठमाडौँ । सरकारी वकिलको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध उजुरी परेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयलाई पत्र लेख्दै युवराज पौडेल (सफल)ले लामिछानेले राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क)ले निषेधित गरेको जानी जानी झुटो विवरण दिई राहदानी लिने प्रकृतिको कसूर गरेकाले निजलाई पाँच वर्षसम्मको कैद र हदैसम्मका जरिवानसमेत गर्ने गरी मुद्दा चलाउन माग गरेका छन्।

साथै उनले माघ १७ गते जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा जाहेरी दर्ताको लागि पेश गरिएकोमा कार्यालयले उजुरी दर्ता गर्न नमानेकाले मुलकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा ५ बमोजिम उजुरी दर्ताका लागि आदेश दिन आग्रह गरेका छन्।

त्यस्तै उनले गैर नेपाली नागरिक रही रवि लामिछानेले प्राप्त गरेको राहदानी, राहदानी ऐन बमोजिम रद्ध गर्न र नयाँ राहदानीसमेत जारी गर्न नमिल्ने गरी अनुसन्धान तथा कानून बमोजिम मुद्दा कारबाही चलाइ पाऊँ भनी सरकारी वकिलको कार्यालयमा नवेदन पेस गरेका छन ।

थप