Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

धादिङको वेनिघाटमा बस दुर्घटना, २६ जना घाइते ।

  •   ३ वर्ष अघि | २ भदौ २०८०, शनिबार

भदौ २, काठमाडौँ । धादिङको वेनिघाटमा बस दुर्घटना भएको छ ।  पृथ्वी राजमार्ग अन्तर्गत पर्ने धादिङको वेनिघाटको रोराङ गाउँपालिका-९ हुग्दी खोलामा बस दुर्घटना भएको हो ।  दुर्घटनामा २६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले काठमाडौँका लागी दाङको तुलसीपुरबाट आउँदै गरेको बस आज बिहान पौने ५ बजे हुग्दी खोला नजिकै अनियन्त्रित भई दुर्घटना भएको जानकारी दिएका छन ।

बसमा रहेका ३४ यात्रुमध्ये २६ जना घाइते भएका छन् भने त्यी मध्ये ६ जना गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको एसपी गौतम मिश्रले जनाएका छन ।

 

  • न्युज बहार संवाददाता

थप