असार ८, काठमाडौँ । धादिङ जिल्लाको गल्छी गाउँपालिका गल्छिमा काठमाडौँबाट भारतको राजस्थान जाँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनामा परि यात्रुहरु घाइते भएका र तीमध्ये एक जना बच्चाको अवस्था गम्भीर रहेको जनाएको छ ।
आज बिहान ८: ५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा एआर ०६ ई ७०३१ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको हो ।
घाइतेहरुमध्ये १०–१२ वर्षको एकजना बच्चाको अवस्था गम्भीर रहेको डिएसपी जयसवालले जानकारी दिए ।
- न्युज बहार संवाददाता