असोज १७, बझाङ । भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ जिल्ला जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् ।
मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीले जनाएका छन ।
अहिले सम्म बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् भने दुई जना उपचारपछि घर फर्किएका छन् । जिल्ला अस्पतालमा नौ जनाको उपचार भइरहेको छ । बझाङमा भूकम्पबाट एक सय ३५ संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ ।
- न्युज बहार संवाददाता