Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कुलेखानी जलाशय भरिने अवस्थामा पुग्दै, तल्ला तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  •   २ वर्ष अघि | ११ असोज २०८१, शुक्रबार

असोज ११, काठमाडौँ । मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय जसलाई इन्द्रसरोबर ताल भनेर पनि चिनिन्छ सोही ताल केही समयदेखि परेको लगातारको वर्षाका कारण भरिन लागेको छ ।

अबको ७–८ घण्टामै कुलेखानी जलाशय भरिने सम्भावना देखिएको कुलेखानी जलविद्युत् आयोजना (पहिलो) का प्रमुख तारादत्त भट्टले जनाएका छन ।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएर जोखिम भए बाँधको गेट पनि खोल्न पर्ने हुनसक्ने भएकाले तल्ला तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । 

सामान्य अवस्थामा ताल भरिएर पानि ओभर फ्लो भइ माथीबाट जाने गर्छ तर यदी आकस्मिक अवस्था आएको खण्डमा बाँधको गेट पनि खोल्नुपर्ने हुने सक्छ ।

  • न्युज बहार संवाददाता

थप