फागुन ८, काठमाडौँ । यही गएको साउनयता ट्राफिक
प्रहरीले नियम उल्लंघन गर्ने ४ हजार ३ सय ९४ जना चालकलाई कारबाही गरेको छ । उक्त
कारबाहीमा पर्नेहरुलाई ३ हजार २९२ जना लाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा
रहेको सीसीटीभि कन्ट्रोल रुमले दिएको सूचनाका आधारमा नियम उल्लंघन गरेबापत कारबाही
गरेको हो भने १ हजार २२ जना ट्राफिक नियम उल्लंघन गरी फरार रहेका गरी ४ हजार
३ सय १४ जना चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको
छ ।
सीसीटीभि कन्ट्रोल कार्यालयका अनुसार साउनमा ३४१, भदौंमा ६८०, असोजमा ४८२, कार्तिकमा ३६६,मंसिरमा ६६२, पुसमा ९२५, माघमा ८१४ र फागुनमा ४४ जना चालकलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने चालकलाई प्रविधिको सहायताले कारबाहीको दायरामा ल्याइएको र यसबाट सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको जानकारी दिएका छन्।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहेको सीसीटिभी कन्ट्रोल रुममा खटिएका ट्राफिक प्रहरीले दिएको स्थान, समय, सवारी साधनको नम्बर, किसिम र कसुरका आधारमा सडकमा खटिएका ट्राफिक प्रहरीले चालकलाई कारबाही गर्ने गरेका छन् । ट्राफिक प्रहरीले उपत्यकाको सवारी आवागमन व्यवस्थापन र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कानुनको दायरामा ल्याउन र २०७५ सालबाट सर्भिलेन्स भेहिकल र २०७४ सालबाट सीसीटिभीद्वारा निगरानी गर्दै आएको बताएको छ ।