असोज ४, काठमाडौँ । गए राति २ बजे सशस्त्र प्रहरी बल नेपालले बागमती नदीबाट एक व्यक्तिको सकुशल उद्धार गरेको छ ।
सिम्पानी राई टोल बस्ने ४० वर्षका रामबहादुर लामाको काठमाडौँको दक्षिणकाली नगरपालिका – ८ कटुवाल दह स्थित बागमती नदी किनारबाट उद्धार गरिएको हो ।
लामा बागमती नदीमा पानीको बहाव कम भएको बेला नदी पारी गएका थिए तर एक्कासी बहाव बढेसँगै वारि आउन नसकी नदी किनारको पहरामा फसेका थिए । किनारमा फसेको अवस्थामा सशस्त्र प्रहरी बलले उनको उद्धार गरेको हो ।
- न्युज बहार संवाददाता