असोज १६, धनगढी । आज मंगलबार दिउँसो सुदूरपश्चिम क्षेत्रमा दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ ।
बझाङ केन्द्रविन्दु भएर मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा पहिलो ५.३ रेक्टरस्केलको भूकम्पको धक्का महसुस गरिएको थियो ।
त्यसको २६ मिनेटपछि पुन ३ बजेर ६ मिनेट जाँदा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बझाङमा भूकम्पका कारण केही घरहरु भत्किएका छन् भने भूकम्पले हन्य कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको छ ।
- न्युज बहार संवाददाता