Breaking News
गृहमन्त्री लामिछानेले लगाए सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप    ||     १० जना शेर्पाको टोली एकै पटक सगरमाथा चुचुरोमा    ||     आज यी प्रदेशमा हुँदैछ मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा    ||     पर्यटन प्रवद्र्धनका लागि सोलुखुम्बु जिल्लाको दूधकोशीमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने    ||     आज के भयो सुन र चाँदीको भाउ?    ||     राजमार्गको छेउमा साना छाप्राबाट दैनिक १५-२० क्विन्टल तर्बुजा बिक्री    ||     नेपाली समाज धेरै बदलिएको छैन, यसलाई बदल्नुपर्नेछ र त्यसको आधार फिल्म बोक्सीको घरले दिएको छ : गगन थापा    ||     आज अमेरीमी डलरको मुल्य घट्यो कि बढ्यो?    ||     लखनउ सुपर जाइन्ट्स विरुद्ध सनराइजर्स हैदरावाद१० विकेटले विजयी    ||     आजपनि देशका विभिन्न स्थानमा वर्षा हुने    ||    

काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न अवरोध, शान्तिपूर्ण आन्दोलनको कार्यक्रमको घोषणा

  •   १ महिना अघि | २४ चैत्र २०८०, शनिबार

चैत २४, नुवाकोट । नुवाकोट र धादिङका स्थानीय बासिन्दाले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न अवरोध गरेका छन् ।

यसअघिका सहमति कार्यान्वयन तथा मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्रघोषणाको माग गर्दै बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोटधादिङ)ले फोहर विसर्जनमा अवरोध गरेको हो ।

सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएका मागको सुनुवाइ  नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहर विसर्जनमा रोक लगाइएको उक्त समितिका संयोजक श्रीराम ढुङ्गानाले बताएका छन ।

समितिका संयोजक ढुङ्गानाका अनुसार आज बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको र फोहर विसर्जनका सम्बन्धमा विगतका सहमतिको कार्यान्वयन तथा नयाँ मागको सम्बोधनको प्रतिबद्धता नभएसम्म फोहर फाल्न रोक लगाइने छ ।

  • न्युज बहार संवाददाता

थप