Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न अवरोध, शान्तिपूर्ण आन्दोलनको कार्यक्रमको घोषणा

  •   २ वर्ष अघि | २४ चैत्र २०८०, शनिबार

चैत २४, नुवाकोट । नुवाकोट र धादिङका स्थानीय बासिन्दाले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न अवरोध गरेका छन् ।

यसअघिका सहमति कार्यान्वयन तथा मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्रघोषणाको माग गर्दै बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोटधादिङ)ले फोहर विसर्जनमा अवरोध गरेको हो ।

सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएका मागको सुनुवाइ  नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहर विसर्जनमा रोक लगाइएको उक्त समितिका संयोजक श्रीराम ढुङ्गानाले बताएका छन ।

समितिका संयोजक ढुङ्गानाका अनुसार आज बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको र फोहर विसर्जनका सम्बन्धमा विगतका सहमतिको कार्यान्वयन तथा नयाँ मागको सम्बोधनको प्रतिबद्धता नभएसम्म फोहर फाल्न रोक लगाइने छ ।

  • न्युज बहार संवाददाता

थप