चैत २२, काठमाडौँ । आज शुक्रबार साँझ जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको हो ।
केन्द्रले भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको जनाएको छ । भूकम्पको तीव्रता ५.२ म्याग्निच्युडको रहेको थियो ।
यस भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको
थियो ।
- न्युज बहार संवाददाता