Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मुस्ताङमा हिमपहिरोले खोला थुनियो

  •   २ वर्ष अघि | ७ भदौ २०८१, शुक्रबार

भदौ ७, काठमाडौँ । मुस्ताङ जिल्लाको थसाङ गाउँपालिका वडा नम्बर २ मा हिमपहिरो खसेको छ । थसाङ गाउँपालिका वडा नम्बर २ कोबाङमा हिमपहिरो खसेको हो । मुस्ताङमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार हिमपहिरो आएर बोक्से खोला थुनिएको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले आज दिउँसो दुई बजे बोक्से खोला थुनिएको र खोला के कारणले थुनिएको हो भनि यहाँबाट टोली गएर हेर्दा हिमपहिरो खसेर खोला थुनिएको देखिएको जनाएका छन । हिमपहिरो पूरै तल खसेको छैन तर नदीचाहिँ थुनिएकै अवस्थामा रहेको उनले जनाएका छन ।

बोक्से म्याग्दीबाट जोमसोम नपुग्दै पर्ने खोला हो।

 

  • न्युज बहार संवाददाता

थप