माघ २५, काठमाडौं । टर्की भुकम्पले
छिमेकी मुलुक सिरियामा पनि ठुलो जन धनको
क्षेती पुराएको छ । सिरियामा भुकम्पले भत्किएको भग्नावशेषबाट एक नवजात
शिशुलाई जिवितै उद्धार गर्न सफल भएको समाचार न्यूयोर्क टाइम्सले लेखेको छ । न्यूयोर्क टाइम्सका अनुसार भग्नावशेष मुनि फसेकी एक गर्भवती महिलाले त्यही नवजात शिशुलाई जन्म दिएकी छन्, उत्तरी सिरियामा एउटा घरको
भग्नावशेषबाट उक्त नवजात
शिशुलाई जिवित निकालिएको
हो ।
सिरियामा सोमबार
गएको भूकम्पमा परी आमाको र अन्य परिवारका सदस्यहरु गुमाएका उक्त पनि नवजात शिशुलाई
भने आमाको नाभीमा बाँधिएको अवस्थामा उद्धार गरिएको र उनको अवस्था नाजुक रहेको
बीबीसीले लेखेको छ । नवजात शिशुका परिवारका बुवा, चार दाजुभाइ र एक काकीले भूकम्पमा आफ्नो
ज्यान गुमाएका छन् ।
नवजात शिशुको हाल
अस्पतालमा उपचार भइरहेको छ । शिशुको अवस्था अहिले स्थीर समाचार संस्था एएफपीका बताएको छ । भूकम्पका कारण टर्की र सिरियामा ज्यान
गुमाउनेहरुको संख्या करिब आठ हजार पुगेको छ । एएफपी समाचार एजेन्सीका अनुसार टर्कीमा ५ हजार ८९४ र सिरियामा
कम्तिमा १ हजार ९३२ जनाको मृत्यु भएको छ ।