असोज १९,
काठमाडौँ । आगामी सोमबारदेखि सार्वजनिक यातायातको दसैं–तिहार तथा छठका लागि अग्रिम टिकट
बुकिङ खुल्ला हुने भएको छ ।
शुक्रबार
सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीहरुको यातायात
व्यवस्था विभागमा बसेको संयुक्त बैठकले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला
गर्ने निर्णय गरेको हो ।
नेपाल
यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अग्रिम टिकट
बुकिङ खुल्ला गर्ने निर्णय भएपनि थप यातायात सेवा व्यवस्थापनको विषयमा अरु निर्णय
भइनसकेको जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता