असोज ६, मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । सदरमुकाम गमगढीमा गए राति भीषण आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले गए राति करिब १२ बजे तिरबाट सुरु भएको आगलागीका कारण सदरमुकामका ८ घर पूर्ण रूपले जलेको जानकारी दिएका छन ।
उक्त जलेका घरमा मोबाइल पसल, होटेल, सैलुन, कम्प्युटर पसल, ग्याँस सिलिन्डर गरी ९ वटा पसल सञ्चालनमा रहेका थिए ।
- न्युज बहार संवाददाता