फागुन १४, भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा घर
बनाउन जग खन्दै गर्दा सगै रहेको अर्को घरको पर्खाल भत्किएर एक जना पुरुषको मृत्यु
भएको छ ।
सुनसरीको
बराहक्षेत्र नगरपालिका-४ का २३ वर्षीय धर्मेन्द्र बिकको मध्यपुर थिमि नगरपालिका-१
लोकन्थलीस्थित बासुकी कोलोनी नजिक पर्खाल भत्केर थिच्दा मृत्यु भएको हो । पर्खाल
भत्किएर पुरिएका उनलाई उद्धार गरी उपचारका लागी नागरिक अस्पताल लगिएको थियो ।
विकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले बताएको छ
।