असार १६, नुवाकोट। नुवाकोट जिल्लाको तादी खोला तर्ने क्रममा एक जनाको मृत्यु भएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका १२ स्थित नयाँपुलमुनी खोलाको किनारमा एक जनाको शव फेला परेको हो।
शव लिखु गाउँपालिका ३ का ५५ वर्षीय रत्नबहादुर राईको रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जानकारी गराएको छ।
जिल्ला प्रहरी कार्यलय नुवाकोटका सुचना अधिकारी एवं डिएसपी खगेन्द्र बहादुर खड्काका अनुसार मृतक राई लिखु गाउँपालिका १ ढिकुरेबाट घर जाँन खोला तर्न खिज्दा खोलाले बगाएको हो।
- न्युज बहार संवाददाता