जेठ २३, काठमाडौँ । अभिभावकहरुले नयाँबजारस्थित इलिप्स स्कुलका विद्यार्थी मृत भेटिएको घटनामा मंगलबार प्रहरीमा जाहेरी दिएका छन् ।
जेठ १७ गते धादिङ घर भएका ५ कक्षामा पढ्ने एक विद्यार्थी विद्यालयको छात्रावासमा मृत अवस्थामा फेला परेका थिए ।
सो घटनामा विद्यार्थीका अभिभावक र आफन्तले आज मंगलबार प्रहरीमा जाहेरी दिएको महानगरीय प्रहरी वृत्त लैनचौरले जानकारी दिएका छन्।
अनुसन्धानकै क्रममा रहेकाले अभिभावकले को विरुद्ध जाहेरी दिएको भन्ने प्रहरीले खुलाउन भने अस्वीकार गरेको छ । लैनचौर प्रहरीका एक अधिकारीले ‘पोष्टमार्टम रिपोर्टले ह्याङ्गिङ भनेको र आत्महत्या दुरुत्साहनमा जाहेरी आएको बताएका छन।