साउन ७, काठमाडौँ । काठमाडौँको सामाखुशीमा एक बालक नालामा खसेर बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने र सामाखुशी बस्ने १३ वर्षका साजन मगर बेपत्ता भएका जानकारी दिएका हुन । विद्यालयबाट फर्किएपछि उनी खेल्न भनि घरबाट निस्केका थिए।
उनलाई बगाएको खबर पाएलगतै नेपाल प्रहरी, गोगंबु र महाराजगञ्ज बृत्त, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद व्यवस्थापनमा खटिने टोलीले लगायतले खोजी गरिरहेका छन ।
डीएसपी अधिकारीले खोजि कार्य जारी रहेको र अहिले साँझसम्म पत्ता नलागेको जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता