Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अफलाइन राइड सेयरिङका ८३ जना मोटरसाइकल चालक पक्राउ

  •   ३ वर्ष अघि | २९ असोज २०८०, सोमवार

असोज २९, काठमाडौँ । प्रहरीले ८३ जना मोटरसाइकल चालकलाई अफलाइनमा राइड सेयरिङ कारोबार गरेको आरोपमा पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँको विभिन्न ठाउँबाट इन्ड्राइभ र पठाओ सेवाका नाममा अनधिकृत रुपमा सर्वसाधारण ओसारपसार गर्ने ८३ जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुंगेलले विगतमा केही आपराधिक घटनाहरुमा यस्ता सवारी साधनको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिमा पनि अफलाइन राइड सेयर जोखिमपूर्ण रहेको बताएका छन भने उनले सर्वसाधारणलाई पनि अफलाइनमा राइड सेयर नगर्न आग्रह समेत गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप