असार ८, काठमाडौँ । गोरखामा
गाडी दुर्घटना भएको छ। दुर्घटनामा ५ जनाको घटना स्थलमा नै मृत्यु भएको हो। राति गए
एक बजे गाडी गोरखाको सहिद लखन गाउँपालिका ५ स्थित पोखरी डाँडामा भन्ने ठाउँमा गाडी
दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।
गाडीमा सबार घाइते १२
जना घाइतेलाई आबुखैरेनी अस्पताल पुर्याइएकोको प्रमुख जिल्ला अधिकारी दिनेश सागर
भुसालले जानकारी दिएका छन ।
केटा पक्षको गाडी बिहेको
लागि टिकोटालो गरेर फर्किने क्रममा दुर्घटनामा परेको बताइएको छ ।प्रमुख जिल्ला अधिककृत भुसालले भने, ‘बेहुलीको घरदेखि मात्र तीन–चार सय मिटर पर गाडी दुर्घटना भएको छ, गाडीमा १९–२०
जना सवार रहेको भन्ने खुल्न आएको छ।’
- न्युज बहार संवाददाता