बैशाख
२७, पाल्पा। पाल्पामा आगलागी हुँदा ४ घर जलेर नष्ट भएको छ।
पाल्पाको
रामपुर नगरपालिका ९ स्थित मधुकोटमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको हो।
हिजो मङ्गगलबार दउँसो करिब ३ बजे गाउँ भन्दा तल जङ्गलमा लागेको आगो जङ्गल हुदै सल्केर घर सम्म क्षति गरेको हो।
उक्त आगलागीबाट मानवीय क्षति भने हुन पाएन। स्थानीयवासीले सात बाख्रा, एक बङ्गुर मरेको बताएका छन् ।
वडाध्यक्ष डिलबहादुर रानाले घर जलेर विस्थापित परिवारलाई अहिले गाउँमै रहेको सिद्ध प्राथमिक विद्यालयमा राखिएको जानकारी दिएका छन।
- न्युज बहार संवाददाता