चैत
२१, धनुषा। प्रहरीले जनकपुरधाममा अवैधरूपमा सञ्चालनमा रहेको कल सेन्टरबाट २३ जनालाई
पक्राउ गरेको छ।
जिल्ला
प्रहरी कार्यालय धनुषाले बीरबहादुर राउतको पिडारी चोक नजिक रहेको घरमा गैरकानुनी
रुपमा कल सेन्टर चलाएर शंकास्पद गतिविधि गरिरहेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको
जनाएको छ।
उक्त
कल सेन्टरवाट ९ महिला र १४ जना पुरुषलाई पक्राउ गरिएको छ। प्रहरीले कल सेन्टरका मुख्य सञ्चालक
भने फरार रहेको जनाएको छ।
सोमबार बेलुकी खानतलासी गर्दा उक्त कल सेन्टर सञ्चालन गर्न ३० वटा कम्प्युटरमा इन्टरनेट जडान गरी काम भइरहेको पाइएको थियो।
प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले साथै थप ६० वटा कम्प्युटर इन्टरनेट जडान गर्ने तयारीमा राखिएको थियो। ९० थान कम्प्युटर, २ वटा मोटरसाइकल पनि बरामद गरिएको बताए।
- न्युज बहार संवाददाता