फागुन १, काठमाडौं । टर्कीका भूकम्प पीडितका लागि
नेपाल सरकारले राहत सामग्रीको पहिलो लट राहत सामग्रीहरु आज दिउँसो टर्की पठाइएको
हो। त्यसमा मेडिकल, औषधि न्याना कपडा उपकरण, लगायत अन्य अत्यावश्यक सामग्रीहरु समावेश छन् ।
टर्कीमा गएको हप्ता सोमबार आएको शक्त्तिशाली भूकम्पका कारण नराम्रोसँग प्रभावित भएको छ । टर्की र सिरियामा दुबै देशलाई प्रभावित हुने गरि गएको भुकम्पले करिब ३० हजार जना मानिसको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दिएको जानकारी अनुसार टर्की र सिरियामा भुकम्पमा परि ज्यान गुमाउने मानिसको संख्या ३० हजार माथी पुगेको छ ।
यता नेपाल
सरकारले टर्कीमा आएको भुकम्प लगत्तै २५ माघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद
कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय
परिषदको बैठकले टर्कीका भुकम्प पिडितलाई राहत स्वरुप आत्यावश्यक सामान
पठाउने निर्णय गरेको
थियो ।
सोही
निर्णय अनुसार आज नेपाल सरकारले पहिलो लटको राहत सामाग्री र स्वास्थय टोली टर्की पठाएको हो ।