फागुन २३, धनुषा। मोटरसाइकल दुर्घटनामा परेर
दुईजनाको सोमबार राती धनुषामा मृत्यु भएको छ ।
मृत्यु
हुनेहरुमा धनुषाको बटेश्वर गाउँपालिका १ विजयपुरका मोटरसाइकल चालक ४० वर्षीय विनोद
महतो र परिचय नखुलेका एक जना पुरुष रहेका छन् ।
प्रादेशिक
अस्पताल जनकपुरमा उपचारको क्रममा दुर्घटनामा गम्भीर घाइते भएका अपरिचित पुरुषको मृत्यु
भएको हो ।
यता मोटरसाइकल
चालक महतोको उपचार जनकपुरमा सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुरले थप उपचारको
लागि काठमाडौं लैजान रिफर गरेको थियो काठमाडौँ लैजाँदै गर्दा मोटरसाईकल चालकको मंगलबार
बिहान बाटोमै ढल्केबर भन्ने ठाउँमा पुगे पछी मृत्यु भएको इलाका प्रहरी कार्यालय
ढल्केवरले जनाएको छ ।
- न्युज बहार संवाददाता