चैत
७, धनगढी । ट्याक्टरमा दुर्घटना हुँदा कैलाली जिल्लामा २ जनाको मृत्यु भएको छ, भने अन्य २८ जना घाइते भएका छन् ।
जिल्ला
प्रहरीले बर्दगोरिया गाउँपालिका ६ सुगरखालका आफन्तको घरबाट पास्नी भोज खाएर आफ्नो
गाउँ भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा उनीहरू ट्याक्टर दुर्घटनामा परेको जनकारी
दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदीप चन्दका अनुसार अनियन्त्रित भएर ट्याक्टर पल्टिदा ट्याक्टरमा सवार २ जनाको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । २८ जना घाइते भएका हुन।
से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको र प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालकको खोजतलास गरिरहेको छ।
- न्युज बहार संवाददाता