Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रास्वपा संसदमा प्रवेश गरेसँगै सदन अहिले सुन्न, हेर्न लायक भएको छ : डोलप्रसाद अर्याल

  •   १ वर्ष अघि | २८ साउन २०८२, मङ्लबार

साउन २७, काठमाडौँ । नीति नियमहरू आधुनिक पुस्तालाई लक्षित गरेर बनाउनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बताएका छन् । 

उनले पार्टीको युवा विभागले आज मंगलवार ललितपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अघिल्लो पुस्ताको लागि नभई अब बन्ने नीतिहरू आधुनिक पुस्ताको लागि हुनुपर्ने बताएका हुन । 

उनका अनुसार आगामी पुस्तालाई हेरेर सङ्घीयता र संविधानको कार्यान्वयनका लागि बौद्धिक नक्सा कोर्नुपर्ने हुन्छ र राजनीतिक वृत्तमा पनि अब युवा पुस्ता अपरिहार्य भएको छ ।

उनले रास्वपा संसदमा प्रवेश गरेसँगै सदन अहिले सुन्न, हेर्न लायक भएको पनि बताएका छन ।

  • न्युज बहार संवाददाता

थप