Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भ्रष्टाचार र ठगीविरुद्धको अनुसन्धान अघि बढोस् भन्ने चाहन्छौँ तर भेदभाव गर्न पाइदैँन : नारायणकाजी श्रेष्ठ

  •   २ वर्ष अघि | १० कार्तिक २०८१, शनिबार

कात्तिक १०, काठमाडौँ । भ्रष्टाचार र ठगीसम्बन्धी अनुसन्धान निष्पक्ष हुनुपर्ने नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताएका छन् ।

पार्टीले आज शनिबार काठमाडौँमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार र ठगीसम्बन्धी अनुसन्धान निष्पक्ष हुनुपर्ने बताएका हुन । आफूहरुको चाहना नै यस्तो घटनाको अनुसन्धान अघि बढोस् भन्ने नै रहेको बताएका छन ।

रास्वपा सभापती रवि लामिछाने सहकरी प्रकरणमा अनुसन्धानमा जेलमा रहेको प्रसंगलाई संकेत गर्दै उनले भने ‘हामी कानुन सम्मत ढंगले कुनै पनि भ्रष्टाचाराविरोधी कारबाही, ठगीविरुद्ध कारबाही अगाडि बढोस् भन्ने चाहन्छौँ।’

उनका अनुसार यस विषयमा कुनै भ्रम पैदा नगरी त्यस्ता अनुसन्धान स्वच्छ र निष्पक्ष हुनुपर्छ र भेदभाव गर्नुहुँदैन, भ्रष्टाचार र ठगीविरुद्धको अनुसन्धान अघि बढोस् भन्ने चाहन्छौँ ।

  • न्युज बहार संवाददाता

थप