जेठ ८, काठमाडौँ । आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैँ छ। आज नेपालमा ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँने भएको छ ।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर वातावरण संरक्षण, पर्यावरणीय सन्तुलन र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ ।
- न्युज बहार संवाददाता