Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पार्टीमा संकट छ, अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन: रामकुमारी झाक्री

  •   १ वर्ष अघि | १५ असार २०८२, आइतवार

असार १५, काठमाडौँ । आफ्नो पार्टीको नेतृत्व फेर्नुपर्ने नेकपा (एकीकृत समाजवादी)की नेता रामकुमारी झाक्रीले बताएकी छन्। 

नेता झाक्रीले पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै नेतृत्वमा संवैधानिक संकट आएकाले अब नेतृत्व फेर्नुपर्ने बताएकी हुन्।

यस विषयमा उनले भनिन् पार्टीमा संकट छ, अध्यक्षकै बारेमा संकट आयो, अब के गर्ने? संकट आयो भनेर भाग्ने भनेको होइन, अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो, । पार्टीलाई पुनर्गठन गरौं।’

झाक्रीका अनुसार अर्ली महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न सकिन्छ तर काँधमा मरेको सिनो बोकेर हिँड्न सकिदैन । 

कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ उनले भनिन्।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालमाथि पतञ्जलीको जग्गामा भ्रष्टाचार गरेको आरोप छ। 

  • न्युज बहार संवाददाता

थप