असार १०, काठमाडौँ । प्रहरीभित्रको सरुवा
बढुवामा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्व गृहमन्त्री रवि लामिछानेले मापदण्ड
बनाएर दवाव र चलखेललाई रोक्ने काम गरेको भन्दै प्रशंसा गरेका छन् । मन्त्री
श्रेष्ठले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा आफूले आन्तरिक सुशासन पहिलो शर्त
भएकोले सुरक्षा संगठनभित्र दवावको आधारमा पदोन्नती हुने, आर्थिक चलखेलका आधारमा पदोन्नती
र सरुवाका कामहरु हुने भन्ने कुरालाई पूरै निषेध गर्ने गरी कदम चालेको बताएका छन ।
उनले आफू भन्दा अगाडिका गृहमन्त्रीले पनि सो काम गरेकोमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धन्यवाद समेत दिएका छन ।
गृहमन्त्री श्रेष्ठले भने आजको प्रतिनिदी सभा बैठकमा भने – ‘म भन्दा ठीक अगाडि गृहमन्त्रालयको कार्यभार सम्हाल्नुभएका माननीय सदस्यलाई पनि म धन्यवाद दिन चाहन्छु, मैले बुझे अनुसार पदस्थापन र सरुवाजस्ता विषयहरुमा उहाँले पनि एउटा निश्चित मापदण्डका आधारमा काम अगाडि बढाउने दवाव र चलखेललाई भूमिका खेल्न नदिने स्थिति कायम गर्नुभएको थियो।'
उनले अगाडी भने ‘राम्रो कुरालाई राम्रो भन्नु पर्छ।’
यती भनि सक्दा रास्वपाका संसदहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको कुरालाई टेबल ढोकर सहमति जनाएका थिए।
- न्युज बहार संवाददाता