Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको कार्यकर्ता हुन मजा आउँछ: गगन थापा ।

  •   ३ वर्ष अघि | १६ असार २०८०, शनिबार

असार १६, काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू कांग्रेस बदल्ने अभियानमा लागि परेको बताएका छन्।

आज शनिबार नेपाली कांग्रेस दोलखा–काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा महामन्त्री थापाले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग पनि पछी नहट्ने बताएका छन।

उनले भने ‘कांग्रेस बदलियो भने बदलिएको कांग्रेसले देश बदल्न सक्छ। यो देश बदल्नै पर्नेछ। बदलिएको कांग्रेसले मात्रै यो काम गर्न सक्छ र कांग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ’, उनले भने, ‘म बदलिन तयार छु। दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ। त्यो बदलिन म तयार हो।’

  • न्युज बहार संवाददाता

थप