Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

नियत सफा राखेर काम गर्न कर्मचारीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन

  •   ४ महिना अघि | १२ चैत्र २०८०, सोमवार

चैत १२, काठमाडौँ । नियत सफा राखेर काम गर्न कर्मचारीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । आज सोमबार प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयमा भएको नियमित सचिवहरूको बैठकमा निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने समेत बताएका छन । 

यस विषयमा प्रधानमन्त्री प्रचण्डले भने, “कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानुन बमोजिम काम गर्न डराउनु पर्दैन, असल नियतले काम गरेको विषयमा निर्दोष मानिसलाई कहीँ कतै समस्या भएमा त्यसको जिम्मेवारी म आफैँले लिनेछु ।

प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरणको सरकार थप उद्देश्य, ऊर्जा, सोच, नयाँ कार्यसूची र कार्ययोजनाका साथ आएको पनि बताएका छन । उनले भने राजनीति र प्रशासक सरकारका अभिन्न अङ्ग हुन्, हालसम्म यहाँहरूबाट सहयोग प्राप्त हुँदै आएको छ र अझै थप जाँगर तथा जोसका साथ काम गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।

 

  • न्युज बहार संवाददाता

थप