Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई दिए निकम्माको संज्ञा

  •   २ वर्ष अघि | ६ फाल्गुन २०८०, आइतवार

फागुन ६, काठमाडौँ । वर्तमान सरकारबाट विकास र समृद्धि सम्भव नभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

एमालेको आज आइतबार घोडाघोडीको सुखडमा कैलाली जिल्ला अधिवेशन उद्घाटन गर्दै ओलीले अहिलेको सरकार जनताप्रति उत्तरदायी नभएको जनाएका हुन ।

ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई निकम्माको संज्ञा दिएका छन भने सरकारले बलियाका पक्षमा मात्र काम गरिरहेको आरोप समेत लगाएका छन ।

ओलीका अनुसार प्रचण्ड नेतृत्व सरकारले एक वर्ष काम नगरी बिताएको छ भने प्रधानमन्त्रीले एउटा पनि राम्रो काम देखाउन सक्नुभएको छैन । उनले प्रश्न सहित भने “उहाँ भाषणमा हामी काम गर्छौ, सच्चिन्छौँ भन्नुहुन्छ, तर ७० वर्ष पुग्न लाग्नुभयो अहिलेसम्म नसच्चिएको मान्छे कहिले सच्चिने हो ?

  • न्युज बहार संवाददाता

थप