साउन २०, काठमाडौँ । वर्षमान पुनले सुन प्रकरण
बारे आफ्नो धारणा राखेका छन ।
नेकपा
माओवादी केन्द्रका उपमहासचिव समेत रहेका वर्षमान पुनले सुन प्रकरणको छानबिन
प्रक्रिया अगाडि बढाउन आग्रह गरेका पनि गरेका छन् ।
पुनले आज शनिबारको केन्द्रीय समिति बैठकमा आफनो धारणा राख्दै छानबिन प्रक्रिया अगाडी बढाउन आग्रह गरेका हुन् ।
केही दिन अगाडी करिब एक सय किलो सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग पुनको तस्बिरहरू सार्वजनिक भएपछी उनको सुन काण्डमा नाम जोडिएको थियो । सोही बैठकमा केन्द्रीय सदस्यहरूले सुन काण्डमा मुछिएका नेताहरूले मिडियामा विज्ञप्ति जारी गरेर नहुने भन्दै सीआईबीमा निवेदन दिनुपर्ने धारणा राखेका थिए । त्यसबारे जवाफ दिँदै पुनले दोषी प्रमाणित भए कानुनी कठघरामा उभिन तयार रहेको बताएका छन ।
- न्युज बहार संवाददाता