साउन ११, काठमाडौँ । हातखुट्टा बाँधिएको कैदी बनेर बस्नुपरेको मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बताएका छन् ।
प्रसाईंले
सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो भनेका हुन । उनी अहिले तीनकुने घटनालाई लिएर
डिल्ली बजार कारागारमा रहेका छन ।
यस
विषयमा उनले लेखेका छन्, तपाईँहरू
मध्य आजपनी केहिले भन्ने गरेको सुनेको छु आफूले बैंकको लोन तिर्नु पर्दैन ? फेरि पनि स्पष्ट पार्न चाहन्छु बैंकमा
मैले मेरो सम्पत्ति धितो राखेर लोन लिएको छु अस्पताल र स्कुल सञ्चालन गरिरहेको छु
पाँचतारे होटल निर्माणाधीन अवस्थामा छ म कारागारमा छु तर पनि नियमित बैकको किस्ता
बुझाइरहेको छु अन्यथा मलाई के गरी सक्काउन सकिन्छ भनेर लागेको राज्यसत्ताले मलाई
आजसम्म कालोसूचीमा राख्दैन थियो होला ?
प्रसाईं अघी लेख्छन, म देशमा
स्थायित्व चाहने मान्छे हुँ, शान्ति चाहने मान्छे हुँ म
गरी खान रुचाउने मान्छे हुँ । आज हातखुट्टा बाँधिएको कैदी बनेर बस्नुपरेको छ ।
स्थायित्व होस भनेर कम्युनिस्ट पार्टी एक गराउने पहल नगरेको हुँ र मैले ?
- न्युज बहार संवाददाता