जेठ २, काठमाडौँ
। सरकारले संविधान विपरीतको काम गरिरहेको आरोप राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर
शाहीले लगाएका छन् ।
सांसद शाहीले आज आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा फरक बिचार राखेकै आधारमा दलका नेताहरूलाई जेल हाल्ने काम संविधानको धारा २७० विरुद्ध रहेको उल्लेख गरेका हुन।उनले राप्रपा युवा संगठनका अध्यक्षलाई सामाजिक सञ्जालमा फरक बिचार राखेकै भरमा जेल हाल्ने काम भएको बताएका छन भने संसदको रोष्टमबाट प्रधानमन्त्री र गृहमन्त्रीले फरक बिचार राख्नेलाई जेल हाल्ने अभिव्यक्ति दिइरहेको भन्दै नेपालको संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठुलो हो भन्दै प्रश्न समेत गरेका छन ।
- न्युज बहार संवाददाता