Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

दारी ग्याङ काठमाडौँद्वारा निशुल्क दन्त शिविर आयोजना

  •   ३ महिना अघि | २३ बैशाख २०८१, आइतवार

बैशाख २३, काठमाडौँ । सामाजिक सञ्जालमा सक्रिय ग्रुप दारी ग्याङले विभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै आएको छ । यसै क्रममा दारी ग्याङ काठमाडौँले ललितपुरको नखुडोलमा अवस्थित ३७ जना शिशु तथा बालबालिका रहेको तुलसालय आश्रममा दन्त शिविरको सम्पन्न गरेको छ ।

हिजो अर्थात बैशाख २२ गते शनिबारका दिन आश्रममा आवश्यक सामाग्री वितरण गर्दै  ग्रुपले दन्त शिविर समेत सञ्चालन गरेको हो ।

विगत ६ वर्षदेखि सन्चालनमा आएको आश्रममा दन्त शिविरको अवसरमा त्यहाँ रहेका सम्पुर्णले निशुल्क दन्त परिक्षण गराएका थिए ।

आश्रम सञ्चालक सरु सुवेदीका अनुसार अहिले आश्रममा खानेकुरा र कपडाको समस्या रहेको छ । विध्यालय पढ्ने बालबालिकालाई  विध्यालयले छात्रवृती पनि नदिएको सञ्चालक सुबेदीले गुनासो राखेकी थिइन ।

दन्त शिविरको अवसरमा दारी ग्याङ काठमाडौँका सम्योजक समुन्द्र रिजालले अब आश्रमलाई ग्रुपले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएका छन ।

  • सृजना प्याकुरेल

थप