Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दारी ग्याङ काठमाडौँद्वारा निशुल्क दन्त शिविर आयोजना

  •   २ वर्ष अघि | २३ बैशाख २०८१, आइतवार

बैशाख २३, काठमाडौँ । सामाजिक सञ्जालमा सक्रिय ग्रुप दारी ग्याङले विभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै आएको छ । यसै क्रममा दारी ग्याङ काठमाडौँले ललितपुरको नखुडोलमा अवस्थित ३७ जना शिशु तथा बालबालिका रहेको तुलसालय आश्रममा दन्त शिविरको सम्पन्न गरेको छ ।

हिजो अर्थात बैशाख २२ गते शनिबारका दिन आश्रममा आवश्यक सामाग्री वितरण गर्दै  ग्रुपले दन्त शिविर समेत सञ्चालन गरेको हो ।

विगत ६ वर्षदेखि सन्चालनमा आएको आश्रममा दन्त शिविरको अवसरमा त्यहाँ रहेका सम्पुर्णले निशुल्क दन्त परिक्षण गराएका थिए ।

आश्रम सञ्चालक सरु सुवेदीका अनुसार अहिले आश्रममा खानेकुरा र कपडाको समस्या रहेको छ । विध्यालय पढ्ने बालबालिकालाई  विध्यालयले छात्रवृती पनि नदिएको सञ्चालक सुबेदीले गुनासो राखेकी थिइन ।

दन्त शिविरको अवसरमा दारी ग्याङ काठमाडौँका सम्योजक समुन्द्र रिजालले अब आश्रमलाई ग्रुपले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएका छन ।

  • सृजना प्याकुरेल

थप