जेठ ७, काठमाडौँ। आज आइतबार साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ।
आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज आइतबार नेपाली बजारमा चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १३ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता