भदौ
१५, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरूको मूल्य समायोजन गरेको छ।
भारतीय आयल निगमले मूल्य समायोजन गरी पठाएपछि निगमले खुद्रा मूल्य परिवर्तन गरेको
जनाएको छ।
निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य
प्रति लिटर ४ रुपैयाँले घटाइएको छ भने पेट्रोल र एलपी
ग्याँसको खुद्रा मूल्य यथावत् राखिएको छ।
त्यसैगरी, हवाइ
इन्धनको मूल्य पनि घटाइएको छ काठमाडौँका लागि आन्तरिक उडानमा प्रति अमेरिकी डलर १
र अन्तर्राष्ट्रिय उडानमा प्रति अमेरिकी डलर ७ ले घटाइएको हो।
निगमले पोखरा र
भैरहवाका लागि अन्तर्राष्ट्रिय हवाइ इन्धनको ब्रेकइभेन मूल्य निर्धारण गरिएको पनि
जनाएको छ। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।
- न्युज बहार संवाददाता