फागुन १५, काठमाडौँ । नेपाल त्रिकोणात्मक
टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको छ ।
आजको खेलमा
जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १८.५
ओभरमा १८६ रनमा अल आउट भएको हो ।
नेपालका
लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाएको
योगदान गरे पनि टिमलाई जित दिलाउन भने सकेनन् ।
निकोल
लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै यसअघि टस जितेर पहिला ब्याटिङ गरेको
नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।
- न्युज बहार संवाददाता