माघ १, काठमाडौँ
। आज प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत तीनवटा
खेल हुने भएका छन । आज पहिलो खेल अहिले बिहान ९: १५ बजे मधेस प्रदेश र त्रिभुवन आर्मी
क्लबबिच कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुने छ ।
दोस्रो
खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र कोशी प्रदेशबिच बिहान ९: १५
बजे नै सुरु हुने छ ।
आजको
तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा लुम्बिनी प्रदेश
र सुदूरपश्चिम प्रदेशबिच अहिले बिहान ९ :०० बजे सुरु हुने छ ।
- न्युज बहार संवाददाता