Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश जाने अनुमति दियो ।

आजको इजलासले सन्दिपको पक्षमा निर्णय गरेको छ ।

  •   ४ वर्ष अघि | १५ फाल्गुन २०७९, सोमवार

फागुन १५, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई विदेश गएर क्रिकेट खेल्न सर्वोच्चले अनुमति दिएको छ। 

आइतबार र सोमबार भएको सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो।

सन्दिप लामिछानेले केही अगाडी आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए भने सन्दीपलाई महान्यायाधीवक्ताको कार्यालयले भने थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै निवेदन दिएको थियो। यी दुबै निवेदनमा आजको इजलासले सन्दिपको पक्षमा निर्णय गरेको छ ।

उच्च अदालत पाटनले नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। यो मुद्दा अहिले पनि जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। 

 

  • न्युज बहार संवाददाता

थप