बैशाख १७, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा हिजो राती भएको खेलमा मिचेशल मार्शले अलराउण्ड प्रदर्शन गरेपनि दिल्ली क्यापिटल्सलाई सनराइजर्स हैदराबादले पराजित गरेको छ।
दिल्लीलाई उसैको मैदानमा शनिबार राति भएको दोस्रो खेलमा हैदराबादले ९ रनले पराजित गरेको हो ।
दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाउन सक्यो भने हैदराबादले १९८ रनको लक्ष्य दिल्लीलाई दिएको थियो।
हिजो बेलुकी भएको पहिलो खेलमा भने गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ ।
- न्युज बहार संवाददाता