जेठ ३१, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा खेलाडी दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने ग्लोबल टी-२० लिगमा छानिएका छन।
ग्लोबल टी-२० लिगमा छानिएसँगै दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने ले क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी-२० लिग खेल्ने भएका छन् ।
ग्लोबल टी-२० लिग आउने जुलाइ २० देखि सुरु हुदैँ छ। यस फ्रेन्चाइज प्रतियोगिताका लागि मंगलबार राति भएको ड्राफ्टमार्फत दीपेन्द्रलाइ मोन्टरियल टाइगर्स र सन्दीपलाई सुर्रे जाग्वार्स दुई टिमहरुले अनुबन्ध गरेको हो ।
सन् २०१८ देखि ग्लोबल टी-२० लिग सुरु भएको हो । नेपालबाट यसअघि नै सन्दीप लामिछाने र सोमपाल कामीले यो प्रतियोगिता खेलिसकेका छन् ।
- न्युज बहार संवाददाता