Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आईपिएल २०२३ को २३ औं खेलमा राजस्थान रोयल्सको जित।

  •   ४ वर्ष अघि | ४ बैशाख २०८०, सोमवार

बैशाख ४, काठमाडौँ। आईपिएल २०२३को २३ औं खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ।

कप्तान सञ्जु सैमसन र शिमरोन हेटमायरको बिस्फोटक ब्याटिङको मद्दतमा राजस्थानले गुजरातलाई चार बल बाँकी रहँदै तीन विकेटले पराजित गरेको हो ।

राजस्थानको गुजरातमाथि यो पहिलो जित हो। राजस्थानले अन्तिम सात ओभरमा सयभन्दा बढी रन बनाएर गुजरातको हातबाट जित खोसेको थियो। राजस्थानका लागी सञ्जुले पनि २६ बलमा अर्धशतक बनाए भने हेटमायरले २५ बलमा अर्धशतक पूरा गरेका थिए।

हिजोको खेल अहमदाबादमा भएको थियो। पहिले टस जितेर राजस्थानले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले २० ओभरमा सात विकेट गुमाएर १७७ रनको लक्ष्य राजस्थान सामु खडा गरेको थियो। 

  • न्युज बहार संवाददाता

थप