जेठ ४, काठमाडौँ । आईपीएल - इन्डियन प्रिमियर लिगमा हिजो बुधबार राति भएको खेलमा पञ्जाव किंग्सलाई दिल्ली क्यापिटल्सले १५ रनले पराजित गरेको छ ।
दिल्लीको यो पाँचौ जित भएपनि दिल्ली यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको छ । हिजोको हारपछि पञ्जावको प्लेअफ सम्भावना भने कठिन बनेको छ ।
धर्मशालामा भएको खेलमा दिल्लीले पञ्जावलाई २१४ रनको लक्ष्य दिएको थियो। २१४ रनको बिशाल लक्ष्य पछ्याएको पञ्जावले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९८ रन मात्र बनाउन सफल भयो।
हिजोको खलेपछी १३ खेलबाट १२ अंकसहित पञ्जाव अंक तालिकाको आठौं स्थानमा रहेको छ । पञ्जावसहित चार टिमको समान अन्य १२ अंक छ तर नेट रनरेटमा पञ्जाव सबैभन्दा कमजोर रहेको छ ।
- न्युज बहार संवाददाता