Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आईसीसी क्रिकेट वर्ल्डकप लिग २ मा नामिबियासँग नेपाल २ विकेटले पराजित

  •   ३ वर्ष अघि | ९ फाल्गुन २०८०, बुधबार

फागुन ९, काठमाडौँ । नेपालले आईसीसी क्रिकेट वर्ल्डकप लिग २ मा नामिबियासँग बुधबार दोस्रो हार व्यहोरेको छ । नामिबियाले आज भएको खेलमा घरेलु टोली नेपाललाई २ विकेटले पराजित गरेको हो ।

नामिबियाले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जित्यो र नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङ गरेको नेपाल ३७.१ ओभरमा १६८ रनमा अलआउट भयो।

त्रिदेशीय सिरिजको पहिलो खेलमा पनि नेपाल नामिबियासँगै ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो ।

अब आइतबार नेपालले नेदरल्याण्ड्ससँग खेल्नेछ ।

  • न्युज बहार संवाददाता

थप