कार्तिक
१७, काठमाडौँ । आज आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएई
र नेपालबिच प्रतिस्पर्धा हुँदैछ । दुवै टिमलाई विश्वकप छनोटका लागि जित्नै पर्ने
दबाब छ।
समूह ‘बी’ को विजेता युएई र समूह ‘ए’ को उपविजेताको रुपमा नेपाल रूपमा
सेमिफाइनल आइपुगेका हुन् ।
आजको यस
खेल मूलपानीस्थित क्रिकेट
मैदानमा बिहान ११ बजेदेखि सुरु हुने छ ।
- न्युज बहार संवाददाता