Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा सनराइजर्स हैदराबादसँग मुम्बई इन्डियन्स पराजित

  •   २ वर्ष अघि | १५ चैत्र २०८०, बिहिबार

चैत १५, काठमाडौँ । आईपीएल - इन्डियन प्रिमियर लिगमा हिजो राति भएको खेलमा आईपीएल इतिहासकै सबैभन्दा उच्च स्कोर बनेको छ । हिजोको सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सको खेलमा आईपीएल इतिहासकै सबै भन्दा धेरै २७७ रन सनराइजर्स हैदराबादले बनाएको हो  ।

यो खेलमा २७७ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई भने परातित भयो । मुम्बई सँग ३१ रनले पराजित भएको हो । 

हैदराबादले बुधबार राती हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा प्रस्तुत गरेको २७८ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभर खेले पनि पाँच विकेट गुमाएर २४६ रनमात्र बनाउन सफल भएको हो । 

हैदराबादका तीन ब्याटरले अर्धशतकको मदद्तमा निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २७७ रनको कीर्तिमानी योगफल खडा गरेको थियो । यो अहिलेसम्मैको आईपीएलको इतिहासमा सबैभन्दा ठुलो योगफल हो । 

  • न्युज बहार संवाददाता

थप